शनिबार, असार ६, २०८३

तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्। 

National life

सञ्चारमाध्यममा 'समाजवादी केन्द्र बन्दैन' भन्ने समाचारहरू आएको भन्दै उनले त्यसको खण्डन गरे। समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उनको दाबी छ। दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाएपनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको उल्लेख गरेका थिए। चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको उनको भनाइ थियो। 

‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन। बन्दै छैन। हामीले समाजवादी केन्द्र बनाईहालौँ भनेर छलफल पनि गरेका छैनौँ। केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो। तर हाम्रा बैठकहरुमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन/छैन,' प्रचण्डले भने, 'चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ। टुंगिसकेको छैन। जे भएपनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनु छ।’ 

अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने उनको भनाइ थियो। अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मूलधार भएको जिकिर गरेका थिए। माओवादी समर्थित पत्रकारको पार्टीको पक्षमा एउटा ट्विट गर्ने जाँगर पनि नभएको टिप्पणी गरेका थिए। उनले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुई वटा सरकार मात्र भएको दाबी गरे। 

प्रकाशित: Jul 29, 2022| 18:20 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...