आइतबार, साउन २४, २०८३

ओली संघीय गणतन्त्र नेपालका विरोधी हुन् : सहरी मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय गणतन्त्रको दुश्मन भएको आरोप लगाएका छन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

झापा- सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय गणतन्त्रको दुश्मन भएको आरोप लगाएका छन्। 

नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्यसमेत रहेका चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनुपरेको बताए। 

दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने दाबी गरेका हुन्।

उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने दाबी गरे। 

दुईतिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेको आरोप लगाउँदै उनले यसैकारण आफूहरूले विद्रोह गर्नुपरेको जिकिर गरे। 

आगामी निर्वाचनबाट एमालेको अस्तित्व नै संकटमा पर्ने दाबी मन्त्री चौधरीले गरेका छन्। समानुपातिक व्यवस्थाका कारण एमालेका केही सांसद रहे पनि प्रत्यक्षमा उसलाई खोज्नुपर्ने अवस्था आउने दाबी गरे। 

दमकमा निर्माणाधीन दमक भ्यु टावरलाई स्थानीय जनताको आवाजलाई समेत बुझ्दै बिजनेस कम्प्लेक्सका रूपमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइने उनले  बताए।

मन्त्री चौधरीले फाल्गुनन्द सभा गृहका रूपमा शिलन्यास भई नाम परिवर्तन भएको दमक सभा गृह, दमक १० स्थित इन्दे्रणी ताल, कमल गाउँपालिका वडा नं ५ स्थित लामो समयदेखि बन्न नसकेको आदिवासी रंगशाला तथा स्मृति पार्कको स्थलगत निरिक्षण गरेका छन्। 

उनले बजेट नपरेका दर्जनौ योजनामा समेत कुनै न कुनै रूपले बजेटको बन्दोबस्त गर्ने बताए।

प्रकाशित: Jul 30, 2022| 09:35 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...