आइतबार, साउन २४, २०८३

जसपाद्वारा निर्वाचन अभियान तयारी समिति गठन

जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ। सातवटै प्रदेशका प्रतिनिधि समावेश गरेर जसपाले समिति गठन गगरेको हो।

समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भिम थापा र हेमन्त मान्दव्य रहेका छन्। सचिवालय सचिवमा सीपी सिंह रहेका छन्।

उनीहरू सबैजना केन्द्रीय सदस्य हुन्। अगामी निर्वाचनमा चुनाव नलड्ने व्यक्तिलाई समितिमा राखिएको छ। निर्वाचनका विषयमा हुने हरेक गतिविधिमा यो समितिको संलग्नता हुने, देखिएका समस्या समाधान गर्ने जस्ता काम यो समितिले गर्ने बताइएको छ।

प्रकाशित: Jul 30, 2022| 09:40 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...