आइतबार, साउन २४, २०८३

अध्यक्ष प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

अध्यक्ष दाहाल निवास खुमटारमा शुक्रबार भेटवार्ता भएको हो। भेटमा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ।

राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उनको भनाइ थियो। भेटमा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली सङ्घले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए।

प्रकाशित: Jul 30, 2022| 07:35 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...