प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार अरुणकुमार सुवेदीले भने चाडबाडका लागि नेपाली व्यापारीले ल्याएको सामान नाका पास गराउन सरकारले विभिन्न च्यानलमार्फत संवादलाई अघि बढाएको जानकारी दिए।
राणाले ललितानिवास प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा= बाबुराम भट्टराईको मुद्दाको फैसला मिति तोकिएपछि आफूमाथि अनेक आरोप लगाइएको बताए।
कैलाली जिल्ला नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिमा महरसहित सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकले आवेदन दिएका छन्।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो। विधेयक सर्वसम्मत होस् भन्ने उहाँको भनाइ छ,' भेटमा सहभागी एक माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ।’
मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। १० वटै क्षेत्रका क्षेत्रीय कमिटी जिल्ला कमिटीलाई नाम सिफारिस गरेका हुन्।
संसद्ले गठन गरेको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिइरहेको छ। राणालाई सोध्न समितिले ४३ वटा प्रश्नावली बनाएको छ।