सोमबार, असार १, २०८३

दुई गठबन्धनमध्ये हामी अग्रगामी, अर्को प्रतिगामी : प्रचण्ड

४ मंसिरको चुनावमा एउटा संविधान, लोकतन्त्र मास्ने र अर्को संविधान अनि लोकतन्त्र रक्षा गर्नेबीच प्रतिस्पर्धा हुने प्रचण्डको दाबी।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरको  आमनिर्वाचनमा दुई गठबन्धन आमनेसामने हुने बताएका छन्।

National life

शुक्रबार काठमाडौं क्षेत्र–७ को चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘एउटा प्रतिगामी र अर्को अग्रगामी गरी अहिले देशमा दुई वटा गठबन्धन आमनेसामने भएका छन्। एउटा संविधान लोकतन्त्र मास्ने, अर्को संविधान र लोकतन्त्र रक्षा गर्नेबीच चुनावी प्रतिस्पर्धा हुँदै छ।’

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सामान्य नभएको उनको जिकिर छ। ‘देश, संविधान, र लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर हो, ४ मंसिरको निर्वाचन’, प्रचण्डले भने।

यसलाई आत्मसात् गर्न गठबन्धनका दलका नेता कार्यकर्तालाई प्रचण्डले सुझाए। काठमाडौं–७ का मतदाताले मानुषी यमी भट्टराईलाई जिताएर पठाउने प्रचण्डले विश्वास व्यक्त गरे।

Shivam cement

प्रकाशित: Oct 21, 2022| 11:35 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...