मंगलबार, असोज १३, २०८३

आज विश्व मुटु दिवस मनाइँदै

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं- आज विश्व मुटु दिवस मनाइदैछ।  सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो।

विश्व मुटु महासंघले यस बर्षको विश्व मुटु दिवसका लागि ‘धड्कन नछुटाऔँ’ भन्ने अभियान सन्देश तय गरेको छ। यसको विस्तृत सन्देश ‘मुटुसम्बन्धी रोग लुकेर रहन सक्छ : धड्कन नछुटाऔँ’ भन्ने रहेको छ।

विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो। सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ।

मुटुरोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने। त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउनुपर्ने हुन्छ। मुटुरोगबाट बच्चको लागि अध्याधिक मासु र मादक पदार्थ सेवन गर्न नहुने चिकित्सकहरुको सुझाव छ। जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिएमा मुटुरोगबाट बच्न सकिने विज्ञहरुको भनाई छ।

खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्नुपर्ने उनीहरुको सुझाव छ। मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ।

रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्नुपर्ने तथा दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ। मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि एक करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका हुने गरेका छन्।

प्रकाशित: Sep 29, 2026| 07:10 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्