आइतबार, साउन १७, २०८३

विपी कोइराला सबैका आदर्श हुन् : मन्त्री चौधरी

क्षेत्र नम्बर १, दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

दाङ- क्षेत्र नम्बर १, दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन्। 

घोराही–२, पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने विकासका काममा आफूले यो दल त्यो दल भनेर काम नगर्ने गरेको बताएका हुन्।

सांसद हुने बित्तिकै संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेको उनले बताए। फेरि फिनिसिङ गर्नका लागि एक करोड थप रकम उपलब्ध गराउनले उनले प्रतिवद्धता व्यक्त गरेका छन्। विपी कोइराला सबैको आदर्श भएको उनले बताए।

'विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ। मैले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको त थिएन। र, यसपाली जनमोर्चाका साथीहरूले भवन बनाइदिन अनुरोध गर्नुभएको छ। उहाँहरूको लागि पनि भवन बनाइने छ,’ उनले भने।

सांसद विकास कोषको पैसा बाँड्दा समेत सबै दलका नेतालाई बोलाएरै बाँडफाँड गरेको उनले बताए। विकास सबैको साझा चाहना भएकोले सबैलाई मिलाएर हिँड्न जरुरी रहेको उनले औंल्याए। जनतालाई विभाजन गरेर कसैको पनि हित नहुने उनको भनाइ छ।

प्रकाशित: Oct 21, 2022| 09:51 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...