सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खाले सामग्री सम्प्रेषण नगर्न आग्रह

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खाले सामग्री सम्प्रेषण नगर्न आग्रह

निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न आयोगले पहल गरिरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको जिकिर।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खाले सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।

National life

निर्वाचन आयोगको आग्रहमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आयोजना गरेको सञ्चारकर्मी लक्षित भर्चुअल तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चार माध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा जोड दिँदै आएको उल्लेख गरे।

आयोगले निर्वाचन आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जानकारी दिए। 

आयोगले सञ्चार माध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गराउन खोजेकाले यसमा सबैको साथ आवश्यक रहको उनको भनाइ छ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न तथा निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थित रूपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालय स्थापना गरी काम भइरहेको बताए।

Shivam cement

प्रकाशित: Oct 20, 2022| 13:46 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...