सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनको एसिया प्रशान्त उपाध्यक्षमा राई निर्वाचित

इन्टरनेसनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनको एसिया प्रशान्त उपाध्यक्षमा राई निर्वाचित

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशनको एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा चयन भएका छन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशनको एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा चयन भएका छन्। फिलिपिन्सको राजधानी मनिलामा १६ देखि १९ अक्टोबरसम्म भएको सम्मेलनले राईलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। 

सम्मेलनमा इन्टरनेशनल फेडेरसनसँग आबद्ध रहेका एशिया प्रशान्त क्षेत्रका २५ देशका दुई सय १४  ट्रेड युनियनका प्रतिनिधि सहभागी थिए। अध्यक्षमा जापानका सुमिनो सान निर्वाचित भएका छन्। विश्वका एक सय ५० देशमा रहेका सात सय युनियनहरु फेडेरेशनसँग आबद्ध छन्।

फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य छन्। बेलायतस्थित लण्डनमा मुख्यालय रहेको फेडेरेशनले पानीजहाज, सडक यातायात, रेल यातायात, हवाई यातायात, पर्यटन, बन्दरगाह लगायतका क्षेत्रमा कार्यरत श्रमिकका पक्षमा काम गर्दै आएको छ। सम्मेलनले विश्व स्तरीय बेल्ट एण्ड रोड ईनिसिएटिभ बीआरआईबारे आफ्नो घोषणापत्र समेत जारी गरेको छ।

प्रकाशित: Oct 21, 2022| 12:55 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...