आइतबार, साउन १७, २०८३

धनकुटा नेविसंघ अध्यक्षमा क्रान्तिराज पौडेल

नेपाल विद्यार्थी संघका धनकुटाको अध्यक्षमा क्रान्तिराज पौडेल मनोनीत भएका छन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- नेपाल विद्यार्थी संघका धनकुटाको अध्यक्षमा क्रान्तिराज पौडेल मनोनीत भएका छन्। नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले नेविसंघ धनकुटा अध्यक्षमा क्रान्तिराज पौडेललाई मनोनीत गरेका हुन्। 

नेविसंघ धनकुटाका तत्कालीन सभापतिले मंसिर ४ को चुनावमा धनकुटा प्रदेश (ख)तर्फ कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको विरुद्धमा बागी उम्मेदवारी दिएपछि पार्टीले उनलाई कारबाही  गरेको थियो। 

नेता पौडेल नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका निवर्तमान इकाई सभापतिसमेत हुन्। कलेज इकाई सभापति हुँदा उक्त कलेजलाई प्रालि हुन नदिन गरिएको आन्दोलन सफल बनाउन उनको प्रमुख भूमिका रहेको थियो।

प्रकाशित: Oct 21, 2022| 12:06 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...