काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूसँग जिज्ञासा राख्न नम्बर टिपाएका सर्वसाधारणमध्ये गोलामार्फत परेका नम्बरमा फोन गरेर कुराकानी गरेका छन्। शुक्रबार पार्टी मुख्यालय च्यासलबाट ओलीले सर्वसाधारणसँग कुराकानी गरेका हुन्।
ओलीले आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गरेको उनको सचिवालयले जानकारी दिएको छ। ओलीसँग कुराकानी गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको सचिवालयले जनाएको छ।
ओलीले ट्वीटमार्फत सर्वसाधारणको उत्साहपूर्ण सहभागिताप्रति धन्यवाद दिएका छन्।