प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको निर्वाचन क्षेत्र कैलाली–५ मा कारवाही भोगिरहेका पूर्वमन्त्री पुष्करनाथ ओझाको सहयोगबिना जित निकाल्न नसकिने निष्कर्षसहित केन्द्रीय सदस्यसहित कैलालीका नेताहरु उनलाई फकाउन थालेका छन्।
महाभियोग लागेपछि निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध गत फागुन १ गते सत्तारुढ दलहरुले लगाएको महाभियोग संविधानतः निष्क्रिय भइसकेको तर्क गरेका छन्।
महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संघीय संसद् सचिवालय सिंहदरबार पुगेका छन्। प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिमा बयान दिन उनी सिंहदरबार पुगेका हुन्।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सरकार जबरजस्ती बेपत्ता पार्ने कार्यलगायत मानवअधिकार गम्भीर उल्लङ्घनका घटनाका सबै पीडित र तिनका परिवारको साथमा रहेको बताएका छन्।
आउँदो ४ मंसिरको चुनावका लागि नाम सिफारिस भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकाले त्यस्ता गतिविधि नगर्न कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन।
तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीका सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषक डम्बर चेम्जोङका अनुसार आत्मविश्वास गुमाएपछि वा आफ्नो राजनीतिको असुरक्षा महसुस भएपछि प्रचण्डले ‘अन्टसन्ट’ अभिव्यक्ति दिने र छिनभरमै आफ्नै कुरालाई आफैँ खण्डन गर्छन्।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) मा संसदीय दलको नेताले राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गर्न सक्ने व्यवस्था छ।
निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा प्रकाशित भएको छ। मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आकांक्षीहरूको आवेदन संकलन गरेकामा सोमबारसम्म तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि चार जनाले आवेदन दर्ता गराएका छन्।