आइतबार, साउन १७, २०८३

कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो। संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहेका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।

बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घटन सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए। त्यसैगरी बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि गर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताए। 

उनले भने, ‘केन्द्रीय निर्वाचन परिचालन समिति छ। त्यहीँ समितिको बैठक बसेको हो। त्यो बैठकमा करिव २१ जनाले आ-आफ्ना सुझावहरु दिनु भयो। त्यही सुझावको आधारमा काम गर्छौं। खासगरी ७ वटै प्रदेशमा संयोजक तोक्नुपर्ने सुझाव छ। त्यसपछि परिचालनका लागि मेनेफेष्टको कुरा छ। त्यसपछि विभिन्न निर्वाचन क्षेत्र भित्र कसरी काम गर्ने भन्ने छ। त्यस्तै नेपाली काँग्रेस अहिले गठबन्धनमा छ।'

सत्ता गठबन्धन गर्दा कांग्रेसले ९१ सिट प्राप्त गरेको छ। उनले भने, 'गठबन्धन भएका कारण समानुपातिकमा भोट घटन सक्छ। त्यसलाई कसरी म्यानेज गर्ने? यी सब कुराहरुमा छलफल गरियो। अब जति पनि सुझावहरु आएका छन्। ती सबै सुझावहरुलाई समेटेर यस समितिको कामलाई व्यवस्थापन गर्छौं।’

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। सत्तारुढ गठबन्धनले यसअघि नै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ। 

प्रकाशित: Oct 18, 2022| 17:50 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...