सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लव पार्टीमा सबैको नामपछि 'सी' अनिवार्य, चुनाव खारेज गरेर 'जनसत्ता'

विप्लव पार्टीमा सबैको नामपछि 'सी' अनिवार्य, चुनाव खारेज गरेर 'जनसत्ता'

महाधिवेशनले हरेक दुई महिनामा अनिवार्य रुपमा एक दिन भौतिक श्रम गर्नैपर्ने प्रस्तावलाई पनि महाधिवेशनले अनुमोदन गरेको छ। पार्टीले ‘केन्द्रीय शहीद, बेपत्ता तथा घाइते कोष’ बनाउनेसमेत भएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध सबै नेता/कार्यकर्ताले अब नामका पछाडि अनिवार्य रूपमा 'सी' लेख्नुपर्ने भएको छ। ‘कम्युनिस्ट साम्यवादी’लाई संकेत गर्नका लागि नामपछि 'सी'लाई अनिवार्य गर्ने निर्णय पार्टीको नवौँ महाधिवेशनले गरेको हो। 

National life

कपिलवस्तुको शिवगढीमा २५ असोजदेखि सुरु भएको पार्टीको महाविधेशनलाई बुधबार समापन गर्ने क्रममा विप्लवले नामपछि 'सी' लेख्नैपर्ने प्रस्ताव गरेका थिए। महाधिवेशनले उनको प्रस्ताव अनुमोदन गरेको छ। 

‘हामीले यो महाधिवेशनबाट नयाँ दृष्टिकोण मात्रै होइन, एउटा नयाँ जाति निर्माण गरेका छौं,’ उनको दाबी छ, ‘कम्युनिस्ट साम्यवादी एउटा जाति निर्माण गरेका छौं। सबैले आफ्नो नामका पछाडि अनिवार्य रुपमा ‘सी’ लेख्ने छौं। म यो कुरा सगर्व घोषणा गर्दछु, अब विप्लव नेत्रविक्रम चन्द होइन, विप्लव ‘सी’ हुनेछ।’

महाधिवेशनले हरेक दुई महिनामा अनिवार्य रुपमा एक दिन भौतिक श्रम गर्नैपर्ने प्रस्तावलाई पनि महाधिवेशनले अनुमोदन गरेको छ। पार्टीले ‘केन्द्रीय शहीद, बेपत्ता तथा घाइते कोष’ बनाउनेसमेत भएको छ। 

पार्टीले चुनावलाई पूरै खारेज गर्दै आफ्नो प्रभाव क्षेत्रमा ‘जनसत्ता’ ब्युँताउनेसमेत घोषणा गरेको छ। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादीले सशस्त्र युद्धकालमा यस्तै अभ्यास गरेको थियो। 

Shivam cement

प्रकाशित: Oct 19, 2022| 20:55 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...