आइतबार, साउन १७, २०८३

कांग्रेसले निर्वाचनका लागि सञ्‍चार केन्द्र स्थापना गर्ने

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ।

कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका साथै प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो।

बैठकले निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहसम्मका प्रचार प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।

समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाश शरण महतको अध्यक्षतामा बसेको बैठकले पार्टीको निर्वाचन प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र विभिन्न सञ्चारमाध्यमहरु रेडियो, एफएम, टीभी, प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाललगायतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय गरेको छ।

उक्त कार्यका लागि पार्टी सम्बद्ध भ्रातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी, सञ्चारकर्मी, अन्य पेसागत संस्था र साथीहरूलाई अधिकतम संलग्न गराई सक्रिय गराउने तथा प्रचार सामग्री उत्पादन तथा प्रचार प्रसारका लागि विभिन्न उप–समितिहरु गठन गरिएको पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 18, 2022| 21:40 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...