सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ : प्रचण्ड

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन्। 

National life

वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए।

निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उहाँले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे। उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए।

उनले भने, 'यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन। यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो।'

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनका पक्षधर रहेको आरोप लगाए।

Shivam cement

उनले विपक्षी गठबन्धनले तालमेल भने पनि खासमा त्यो गठबन्धन नै रहेको भन्दै त्यहाँ रहेका अनुहार र प्रवृत्ति कस्ता छन् भन्ने कुरा पनि स्पष्ट रहेको बताए। उनले भने, 'अर्को गठबन्धन र हाम्रो गठबन्धन कस्तो छ भन्ने कुरा प्रष्ट छ। संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशी समानुपातिक मान्यतासहित सङ्घीयताको रक्षा गर्ने प्रष्ट उद्देश्य छ। हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट नै गरेका थियौ। त्यसमा हामी प्रतिवद्ध छौ।'

संविधान, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियताको रक्षा गर्ने पुनित उद्देश्यका साथ गठबन्धन बनाइएको उनको भनाइ छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समावेशी र समानुपातिक मान्यतासहित स्थापना भएको लोकतन्त्रको सम्वद्र्धनका लागि पनि आफुहरुको गठबन्धनले जित हासिल गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ।

उनले सत्तारुढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुविधा नराखी एक अर्काको निर्वाचन चिन्हमा मतदान गर्न आग्रह गरे। 'नेपाली कांग्रेस र कम्युनिस्ट नमिलेको भए पञ्चायती निरंकुशता ढल्ने थिएन। हामीले देखे भोगेको र सहभागी भएकै हो', उनले भने, 'कांग्रेस र कम्युनिस्ट मिलेर नै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि औपचारिक प्रक्रिया शुरु भएको हो। यो सामूहिक निर्णयका रुपमा आएको हो। जुन दिन शान्ति सम्झौतामा हस्ताक्षर गरियो त्यही दिन, रुख र हसिया हथौडामा एक अर्काले छाप लगाएको हो।'

तत्कालीन सात राजनीतिक दल र माओवादी एक आपसमा नमिलेको भए देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जान्थ्यो र ? भन्ने प्रश्न उनले भने।

उनले निरंकुशतालाई पराजित गर्ने उद्देश्यका साथ गठन भएको गठबन्धनले स्थानीय तहको निर्वाचनमा चोटिलो प्रहार गरेको तथ्य स्मरण गराए। उनले कुनै पनि हिन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न आग्रह गरे।

आफू राष्ट्रको पक्षमा दह्रोरुपमा उभिएर संविधान जारी गर्न सफल भएको तथ्य पेश गर्दै उनले यसपटकको निर्वाचनलाई पनि पूर्णरुपमा सफल बनाउन र एकढिक्का भएर जनतालाई विजयी गराउनुपर्ने बताए। निर्वाचन सफल भएपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया अगाडि बढाउने उनले विश्वास व्यक्त गरे। 

प्रकाशित: Oct 18, 2022| 18:58 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...