सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको दाबी : माओवादीले आउँदो चुनाव नजिते सबै उपलब्धि उल्टिन्छन्

प्रचण्डको दाबी : माओवादीले आउँदो चुनाव नजिते सबै उपलब्धि उल्टिन्छन्

४ मंसिरको चुनाव अहिलेसम्म प्राप्त उपलब्धि रक्षा गर्न खोज्ने र परिवर्तन उल्टाउन खोज्नेबीचको लडाइँ भएको प्रचण्डको दाबी।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरको चुनावमा माओवादी कमजोर भए संघीयता, गणतन्त्र, धर्म निरपेक्षतालगायतका उपलब्धि उल्टने खतरा रहेको बताएका छन्।

National life

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सामान्य चुनाव नभएको उनको भनाइ छ।

बुधबार प्रेस सेन्टर ललितपुरसँग गरेको छलफलमा प्रचण्डले ४ मंसिरको चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्नेबीचको लडाइँ भएको दाबी गरे।

‘हाम्रा लागि ४ मंसिरको निर्वाचन सामान्य चुनाव होइन, जीवनमरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्नेबीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ उनले भने।

उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ ४ मंसिरको चुनाव भएको ठोकुवा गरे। ‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन ४ मंसिरको चुनाव हो,’ उनले भने, ‘यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन। आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ।’

Shivam cement

उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताए। ‘माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ। कमजोर भए सबै चिज उल्टने खतरा छ,’ उनले भने।

प्रकाशित: Oct 19, 2022| 11:21 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...