आइतबार, साउन १७, २०८३

चुनाव प्रचार गर्न झापा पुगेका ओली अस्वस्थ

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली चुनाव प्रचारका लागि मंगलबार झापा पुगेका हुन्। उनलाई ज्वरो आएकाले औषधि लिएर घरमै आराम गरिरहेका छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

झापा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। गृहजिल्ला झापा पुगेका ओली अस्वस्थ भएपछि दमकस्थित घरमा आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिएका छन्। 

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली चुनाव प्रचारका लागि मंगलबार झापा पुगेका हुन्। उनलाई ज्वरो आएकाले औषधि लिएर घरमै आराम गरिरहेका छन्। 

तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन ओली झापा पुगेका हुन्। ओली अस्वस्थ भएपछि चुनाव प्रचारप्रसार र भेटघाटका कार्यक्रम स्थगित गरिएको छ।

प्रकाशित: Oct 18, 2022| 20:47 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...