सोमबार, असार १, २०८३

सत्ता गठबन्धन कुसुलेका कठपुतली : एमाले अध्यक्ष ओली

गठबन्धन दलहरूलाई अरू कसैले चलाइरहेको र राप्रपा आफ्नै विवेकले चल्ने पार्टी भएको ओली बोली।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं– चुनावी प्रचारका लागि गृहनगर झापा पुगेका नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन दलहरू कठपुतली भएको दाबी गरेका छन्।

National life

बुधबार झापा–१ को धुलाबारीमा आयोजित राप्रपासँगको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरूलाई अरू कसैले चलाइरहेको र राप्रपा भने आफ्नै विवेकले चल्ने पार्टी भएको बताए।

उनले भने, ‘गठबन्धन कुसुलेका कठपुतली हुन्, कसले नचाउँछ, थाहा छैन। राप्रपा देशका लागि विवेकले निर्णय गर्दछ,’ ओलीले भने, ‘वर्तमान सरकार दुई दिने घामछायाजस्तै हो । म्यादी प्रहरीको भन्दा छोटो छ समय। ४ मंसिर आउनासाथ गठबन्धन सरकार गयो।’

ओलीले आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने दाबी गरे। एमालेले प्रत्यक्ष १०० र समानुपातिकमा ५० सिट जित्ने उनले तथ्यांक प्रस्तुत गरे। ओलीले कांग्रेससँग जनतालाई दिने एजेन्डा बाँकी नरहेको आक्षेप लगाए।

प्रकाशित: Oct 19, 2022| 16:59 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...