सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।

National life

बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए। 

उनले नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताए। उनले जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरे। 

उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताए। मन्त्री श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे।

‘चीनले उदाहरणीय परिवर्तनका काम गरेको छ, यो संसारका लागि नै उदाहरणीय विषय बनेको छ। चीनको जुन, उन्नती, प्रगति छ, चीनले गरेका विकास निर्माणका कुरा छन्, त्यसले चीन–नेपालको सदियौंदेखिको सम्बन्ध बिस्तार भएको छ। चीन नेपालको बीचमा कुटनीतिक सम्बन्धका कुराहरू, सरकारी स्तरका कुरा, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएका छन्,' उनले भने। 

Shivam cement

लुम्बिनीले पनि चीनलाई मन्त्री श्रेष्ठले बताए। जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उनको विश्वास छ। 'चीनको विकासले नेपाल पनि लाभान्वित हुनेछ । नेपालको विकासमा चीन सरकारले गरेको सहयोग भइरहेको छ, पूर्वाधार विकासमा सहयोग भएको छ, भूकम्पबाट धेरै क्षति भएका कुरामा चीनले सहयोग गरेको छ। हामी त्यो बेलामा अफ्ठ्यारो स्थितिमा थियौँ। त्यो अवस्थामा चीन सरकारले गरेको क्षतिग्रस्त सांस्कृतिक सम्पदालाई निर्माण गर्ने कुराहरुमा धेरै सहयोग गरेको छ,’ उनले भने।

मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए।

प्रकाशित: Oct 20, 2022| 12:06 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...