सोमबार, असार १, २०८३

थारू र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा समावेश गर्न सिफारिस

मधेशी आयोगले मुस्लिम र थारू समुदायलाई पनि मधेशीको सूचीमा समावेश गर्न सरकारलाई सिफारिस गरेको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- मधेशी आयोगले मुस्लिम र थारू समुदायलाई पनि मधेशीको सूचीमा समावेश गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले असोज ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा थारू र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको हो।

National life

प्रतिवेदनमा १४९ वटा जाति तथा २ हजार २०० भन्दा बढी थरलाई मधेसीमा परिभाषित गर्न सिफारिस गरिएको छ। 

नेपालको संविधान २०७२ ले थारु र मुस्लिम बेग्लै समुदायमा सूचीकृत गर्दै दुवैका नाममा आयोग नै गठन भइसकेको छ। २०६५ मा सरकारले थारु र मुस्लिमलाई पनि मधेशीमा समावेश गरेको आधार देखाउँदै मधेशी आायोगले थारू र मुस्लिम मधेशीको सूचीमा राख्नुपर्ने जिकिर गरेको हो।

संविधानले थारु, मुस्लिम सहित ८ वटा क्लस्टरमा आरक्षणको व्यवस्था गरेको छ। लोकसेवा आयोगले भने मुस्लिम र थारु समुदायलाई आरक्षण सुविधा दिएको छैन। आयोगले आदिवासी जनजाति, महिला, दलित, मधेशी, अपाङ्ग र पिछडिएको क्षेत्रलाई मात्र आरक्षण दिने गरेको छ।

थारु र मुस्लिम आयोगका पदाधिकारीले मधेशी आयोगको सिफारिस गलत भएको बताएका छन्। 

Shivam cement

प्रकाशित: Oct 19, 2022| 16:44 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...