काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिले आफ्ना उम्मेदवारका पक्षमा चुनावी वातावरण तयार गर्न १३ उपसमिति गठन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै समितिले पार्टीको केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्नेसमेत निर्णय गरेको छ। यसका साथै प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने उसको निर्णय छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रले आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार–प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने बताइएको छ।
यस्तो छ समितिको निर्णय
नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठक मिति २०७९ असोज ३१ गते सोमबार समितिका संयोजक एवम् पार्टी प्रवक्ता डा. प्रकाश शरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्यो । बैठकले प्रभावकारी रुपमा निर्वाचन प्रचार–प्रसारको कार्यसम्पादन गर्न देहायको निर्णय गरेको छः–
१. पार्टीको केन्द्रिय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने । प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय संचार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार–प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने ।
२. पार्टीको निर्वाचन प्रचार–प्रसारकालागि आवश्यक प्रचार सामाग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरु रेडियो, एफएम, टीभी, प्रिन्ट मिडिया, अनलाईन तथा सामाजिक सञ्जाल लागयतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने । उक्त कार्यका लागी पार्टी सम्वद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ वुद्धिजीवी साथीहरु, सञ्चारकर्मी, अन्य पेशागत संस्था र साथीहरुलाई अधिकतम् संलग्न गराई सक्रिय गराउने । प्रचार सामाग्री उत्पादन तथा प्रचार–प्रसारका लागि निम्नानुसारका उप–समितिहरु गठन गर्नेः
क) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः डा. डीला संग्रौला, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ख) नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन युवा प्रचार नेटवर्क
संयोजकः श्री उमेशजंग रायमाझी, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ग) नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजक : जीतजङ्ग बस्नेत, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
घ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमिति
संयोजकः नैनसिंह महर, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ङ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सामाजिक सञ्जाल प्रसार–प्रसार उपसमिति
संयोजकः राजीव ढुंगाना, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
च) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन रेडियो एफएम समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः श्री गंगालक्ष्मी अवाल, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
छ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः श्री विद्या तिमिल्सिना, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ज) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः उर्मिला थपलिया, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
झ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजक: श्री किरण गिरी, पूर्व केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ञ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति
संयोजकः श्री किरणराज शर्मा पौडेल, पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ट) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः श्री रमेशप्रसाद धमला, सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ठ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन विषयवस्तु उत्पादन उपसमिति
संयोजकः डा. प्रभु बुढाथोकी, सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ड) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकूद क्षेत्र समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः कर्माछिरिङ्ग शेर्पा, सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
प्रकाशित: Oct 18, 2022| 20:23 मंगलबार, कात्तिक १, २०७९