आइतबार, साउन १७, २०८३

ओलीको स्वास्थ्यमा सुधार, कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएसँगै ओलीले आज गृह जिल्ला झापामा आयोजना हुने दुईवटा कार्यक्रमलाई संबोधन गर्ने भएका छन्। 

कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा मंगलबार झापा पुगेका अध्यक्ष ओलीलाई ज्वरो आएको थियो। ज्वरो आएसँगै उनले घरमै आराम गरेका थिए।

आज क्षेत्र नम्बर १ र ५ मा आयोजना हुने दुईवटा कार्यक्रमलाई संबोधन गर्ने एमालेले जनाएको छ। बिहान ११ बजे क्षेत्र नम्बर १ स्थित धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनेछन्। 

आजै दिउँसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना हुने क्षेत्र नम्बर ५ स्तरीय नेता तथा कार्यकर्ता भेलालाई पनि ओलीले संबोधन गर्नेछन्।

प्रकाशित: Oct 19, 2022| 09:15 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...