आइतबार, साउन १७, २०८३

नयाँ पुस्तालाई अवसर दिन चुनाव लडिनँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर संसद्मा गइरहनुको औचित्य नभएको बाबुरामको दाबी।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएरै चुनाव नलड्ने निर्णयमा पुगेको खुलासा गरेका छन्।

पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर अब संसद्मा गइरहनुको औचित्य नदेखिएकाले चुनाव नलडेर त्याग गरेको उनले बताए।

भट्टराईले त्याग गर्ने नेताका रूपमा गणेशमान सिंहको उदाहरण पेस गर्दै सिंहले प्रधानमन्त्रीको अफर नस्वीकारेको सुनाए।

‘अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ। ५ वर्ष स्थिर सरकार र विकास तथा समृद्धि दिनुपर्छ,’ काठमाडौं–७ मा शुक्रबार भएको कार्यक्रममा उनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्न मैले चुनाव नलडेको हुँ। कांग्रेस–माओवादी–एकीकृत समाजवादीका नेताहरूलाई जानकारी गराएरै चुनाव नलडेको हुँ।’

नयाँ पुस्तालाई जिम्मेवारी दिन आफूले चुनाव नलडेको उनको भनाइ छ। तर भट्टराई चुनाव लड्दै आएको क्षेत्र गोरखा–२ मा यसपालि प्रचण्ड चुनाव लड्दैछन्।

भट्टराईले राजनीतिमा युवा पुस्ता आउनुपर्ने बताए। यो क्षेत्रमा भट्टराईपुत्री मानुषी यमी भट्टराई सत्ता गठबन्धनकी साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

भट्टराईले सत्ता गठबन्धनलाई ४ मंसिरको चुनावमा जिताएर फेरि पाँच वर्ष स्थिर सरकार बन्ने अवस्थामा लैजानुपर्नेमा जोड दिए। 

प्रकाशित: Oct 21, 2022| 11:02 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...