आइतबार, साउन १७, २०८३

व्यवस्थासँगै अवस्था परिवर्तन गर्न आवश्यक छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्। 

जिल्लाको व्यास नगरपालिका–८ रिस्तीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले देशमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणमा लाग्नेमा जोड दिँदै देश र गाउँको विकासमा तल्लीन भएर लाग्ने बताए। 

लोकतन्त्र र संविधानको रक्षा गर्न वाम गठबन्धन गरेर चुनावी मैदानमा अघि बढिएको उनले बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन गरी देशलाई निकास दिन सक्रिय भएर लाग्ने उनले बताए। 

'मैले ल्याएको केही विकासका योजना अधुरा छन्,' उनले भने, 'अधुरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गर्न लाग्नेछु।' सहिदका बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुण्ठित गर्ने प्रपञ्च रचिएको हुँदा त्यसको रक्षाका लागि खबरदारी गर्न गठबन्धन गरी अघि बढेको उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार अशोककुमार श्रेष्ठ, कांग्रेस महासमिति सदस्य एवं प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ओमकुमारी पौडेल, गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, कांग्रेसबाट समानुपातिक उम्मेदवार चिनु पोखरेल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट समानुपातिक उम्मेदवार बसन दरैलगायतको सहभागिता रहेको थियो।  

गठबन्धनका उम्मेदवारले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर गत शुक्रबारदेखि तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न पालिकाका वडावडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन्। 

प्रकाशित: Oct 20, 2022| 20:09 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...