सोमबार, असार १, २०८३

प्रधानमन्त्री देउवाको आश्वासन : सबैको पालो आउँछ, चिन्ता नगर्नू

आगामी चुनावबाट गठबन्धनको सरकार बने सयौं ठाउँ हुने हुँदा कसैले चित्त दुखाउन नहुने प्रधानमन्त्री देउवाको जिकिर।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९
National life
Shivam cement

काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका आउने गरी काम नगर्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। शुक्रबार पोखरामा पाँच दलीय गठबन्धनले गरेको कार्यकर्ता भेलामा देउवाले गठबन्धन अहिलेको आवश्यकता भएकाले टिकट नपाएकाहरुलाई पर्खिन आग्रह गरेका हुन्।

उनले भने, ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ। गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै काम नगरौं।’

गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उनले बताए। ‘हामीबीच सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला। सबै पार्टीमा त्यस्तै छ। सबैको पालो आउँछ। गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन्,’ देउवाले भने।

प्रकाशित: Oct 21, 2022| 14:12 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...