सोमबार, असार १, २०८३

देश निर्माणका लागि चुनावी तालमेल : एनपी साउद

देश निर्माणका लागि कांग्रेस जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ गठबन्धनमा रहेका दलहरुलाई साथ लिएर हिँडेको उनको भनाइ थियो।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सत्ता गठबन्धन दलहरुले देश निर्माणका लागि चुनावी तालमेल गरेको बताएका छन्। 

National life

कञ्चनपुर–२ मा पर्ने कृष्णपुर नगरपालिका–२ मा शुक्रबार बिहान आयोजित चुनावी लक्षित कार्यक्रममा उनले गठबन्धनको उद्देश्य सरकार बनाउने मात्रै नभएको बताए।  

‘गठबन्धनको उद्देश्य सरकार बनाउने होइन। हुन्थ्यो भने हामी चुनाव पछि संसदमा गएर यो गठबन्धन गर्थ्यौं,’ नेता साउदले भने, ‘हाम्रो उद्देश्य देश बनाउने हो।’

देश निर्माणका लागि कांग्रेस जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ गठबन्धनमा रहेका दलहरुलाई साथ लिएर हिँडेको उनको भनाइ थियो। 

‘देश बनाउनका लागि अहिलेका गठबन्धनका सबै दलहरु एक ठाउँमा आएर सबैलाई एक ठाउँमा ल्याएर जनताबाट अनुमोदित भएर जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको छ,’ साउदले भने।  

Shivam cement

२०७४ मा नेकपा माओवादी केन्द्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमा परेर कांग्रेस पराजित भएको भन्दै उनले तत्कालीन समयमा एमाले-माओवादीले गरेको गठबन्धन सार्थक हुन नसकेको बताए। 

‘विगतमा ओलीजीको षड्यन्त्रमा माओवादी पर्‍यो, र नेपाली कांग्रेस हार्‍यो,’ साउदले भने, ‘तर, गठबन्धनको कुरा सार्थक हुन सकेन। गठबन्धनले जुन स्थिरता र समृद्धिको नारा दिएको थियो त्यो सार्थक हुन सकेन।’ 

विगतका कमजोरीबाट शिक्षा लिँदै पाँच दल एक ठाउँमा उभिनुको मुख्य उद्देश्य देशको विकास र प्रगतिका लागि भएको उनले बताए। 

‘अब ती कमी-कमजोरीबाट अनुभव, शिक्षा लिँदै अहिले हामी पाँचै दलहरु एकै ठाउँमा उभिएका छौं,’ साउदले भने, ‘हाम्रो यात्रा विकास र समृद्धिका लागि हो। प्रगतिका लागि हो। प्रगतिको काममा हामी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौं।’  

प्रकाशित: Oct 21, 2022| 12:40 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...