आइतबार, साउन १७, २०८३

ओलीको ‘भाडाका बुद्धिजीवी’ शब्दप्रति कांग्रेसको आपत्ति

ओलीले कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएपछि समितिले आपत्ति जनाएको हो।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं– कांग्रेसको घोषणापत्र तयारी समितिले एमाले अध्यक्ष केपी ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। ओलीले कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएपछि समितिले आपत्ति जनाएको हो। 

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, घोषणापत्र तयारी समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियारले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले अर्को पार्टीका जिम्मेवार व्यक्तिलाई भाडाका बुद्धिजीवी भन्नु अल्पज्ञान भएको प्रतिक्रिया दिए।

‘एमाले अध्यक्षजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्ति, पूर्वप्रधानमन्त्रीले कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलाई त्यस्तो आरोप लगाउनु भनेको अल्पदृष्टि र अल्पज्ञानको पराकाष्ठा हो,’ उनले भने। 

एमाले अध्यक्ष ओलीले झापा क्षेत्र–१ धुलाबारीमा बुधबार कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखिदिएको दाबी गरेका थिए।

प्रकाशित: Oct 20, 2022| 15:43 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...