रुसी समकक्षी भ्याचेसलाभ भोलोदिनको निमन्त्रणामा ७ सेप्टेम्बर रुस पुगेका चिनियाँ नेता लिले रुसी राष्ट्रपति भलादिमिर पुटिनसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित पदमा मधेसी दलितको प्रतिनिधित्वबारे कानूनमा आवश्यक संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानवीन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायतका जिम्मेवार पदाधिकारीहरुलाई कारबाही...
'सिंह हारिन्छ कि भनेर असुरक्षित महसुस गरिरहेका थिए। ज्यानको बाजी लगाएर राणाविरुद्ध संघर्ष गर्ने गणेशमान मतदान सकिएपछि हारियो भने त साह्रै बइज्जत हुन्छ भनेर मतगणना अवधिभर उनी बनेपा गएर बसे
महाभियोग सिफारिस समितिमा बयान दिइरहेका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीको नाम लिएका छन्।
एकथरिको दाबी जबरा सर्वोच्च फर्किएमा कसैले रोक्न नसक्ने छ भने अर्कोथरिको व्याख्या जबराको महाभियोग प्रस्ताव प्रतिनिधिसभाको आयु सकिँदैमा नसकिने भन्ने छ। संसद्को आयु सकिएमा महाभियोगको बाँकी कारबाही अर्को प्रतिनिधिसभामा सर्ने...
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान दिनुपर्ने बताएका छन्। सम्मानजनक स्थान नपाए जसपा गठबन्धनमा बस्न बाध्य नहुने चेतावनी दिएका हुन्।
सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
अध्यक्ष यादव अनुपस्थित भएपछि बैठक निष्कर्षविनै सकिएको छ। बैठकमा उपस्थित दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठकमा निष्कर्ष सकेन। ‘चार दलले आ–आफ्नो दाबी गरेका छन्, गठबन्धनमै हुँदा धेरैलाई जित्छु जस्तो लाग्छ,’...