आइतबार, जेठ ३१, २०८३

बहुमत गठबन्धनको पक्षमा : प्रकाशशरण महत

कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

धनगडी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन्।

National life

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्दछ भन्ने कुरा पनि यो छोटो समयको गठबन्धनको सरकारले संकेत गरिरहेको उनले उल्लेख गरे। 

प्रवक्ता महतले नेपाली जनताको पूर्ण म्यान्डेड र अनुमोदनका साथ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा जुन लोकतान्त्रिक मूल्य र मान्यतामाथि यस भन्दा अघिको सरकारद्वारा प्रहार गरिएको थियो त्यो अहिले रोकिएको बताए।

उनले भने, ‘अहिले देश एउटा सही बाटोमा उन्मुख छ।’ नेता महतले अहिले देशमा सहिष्णु नेतृत्वको आवश्यकता रहेको र त्यो नेतृत्व पनि नेपाली कांग्रेसका पार्टी सभापति तथा अहिलेका प्रधानमन्त्रीले दिन सक्नुहुन्छ भन्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Nov 05, 2022| 18:24 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...