आइतबार, साउन १७, २०८३

जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन नहुने बताएका छन्। यसका लागि काठमाडौं ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको उनको भनाइ छ।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन नहुने बताएका छन्। यसका लागि काठमाडौं ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको उनको भनाइ छ।

विशालनगरमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ। यो चेतनाले भरिएको ठाउँ हो। यहाँबाट इमानले हार्ने र भ्रष्टाचार अनुमोदित हुने अवस्था नहोस् । स्वार्थका लागि बिचौलिया र दलालको नेताको परिभाषा परिवर्तन गरिनु आवश्यक छ।’

पौडेलले एउटा निर्वाचनमा जित्नु मात्र नभई कार्यकारी प्रमुख नै हुने महत्त्वाकाङ्क्षा आफूमा रहेको बताए। ‘एक–दुई वटा चुनाव लड्ने महत्त्वाकाङ्क्षा छ। कार्यकारी प्रमुख नै हुने महत्त्वाकाङ्क्षा पनि छ। अहिले निर्वाचनमा मत आकर्षित गर्न भनेका कुरा पूरा गरिएन भने पछि निर्वाचन जितिँदैन। जनताको विश्वास जित्न सकिएन भने त्यो सपना पूरा हुँदैन,’ उनले भने।

पौडेलले सांसद विकास कोषको रकमको सार्वजनिक अडिट गर्ने, जनप्रतिनिधिमाथि छानबिन गर्न नागरिक अगुवाको टिम बनाएर नागरिक स्तरको मूल्याङ्कनबाट राइट टु रिजेक्टको व्यवस्था सुरु गर्ने, यस क्षेत्रमा विद्यालयलाई बुढानीलकण्ठ स्कुलको गुणस्तरमा पुर्‍याउन पहल गर्ने, उनले निर्वाचित भएपछि सबैभन्दा पहिला संसद्मा भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव लैजाने, सबैसँग सहकार्य गरेर दिगो र व्यवस्थित विकासको स्थिति बनाउने र काठमाडौं ५ लाई प्रतिनिधित्व गरेर देशकै प्रतिनिधित्व गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरे।

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेसभित्रका आशालाग्दा नेताहरूले अब युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने वेला आएको बताए। वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बताए।

प्रकाशित: Nov 06, 2022| 09:16 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...