आइतबार, साउन १७, २०८३

मैले बोकेको एजेण्डाको आधारमा जित्छु : घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्ना एजेन्डाको आधारमा चुनाव जित्ने बताएका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं- नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्ना एजेन्डाको आधारमा चुनाव जित्ने बताएका छन्।

शनिबार रुपन्देहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा एमाले पार्टी नै नरहेको टिप्पणी गर्दै उनले आफूले बोकेको एजेण्डा सही भए जिताउन आग्रह गरेका हुन्।

उनले भने, ‘मैले बोकेको एजेण्डा ठीक भए जित्छु नत्र हार्छु। मैले अहिलेसम्म गरेको काममा मेरा एजेण्डा ठीक भए मलाई जिताउनुस्। मेरो एजेण्डा सही छैन भनेर हराउनुस्। अहिले एमाले त पार्टी नै रहेन। अब त्यहाँ गुटको चाकरी गर्नेमात्र छन्।’

विकास सांसद र मन्त्रीले ल्याउछ भनेर बस्न नुहने बताए। आफ्नो ठाउँको विकासको लागि आफैं सक्रियतापूर्वक लाग्न आग्रह गरे।

उनले रुपन्देहीको विकास निर्माणका लागि जिते पनि हारेपनि निरन्तर लाग्ने प्रतिबद्धता जाहेर गरे। 

प्रकाशित: Nov 05, 2022| 13:44 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...