आइतबार, जेठ ३१, २०८३

नेकपा समाजवादीको सिंगो कमिटी नै एमालेमा समाहित

नेकपा एकीकृत समाजवादीको सिंगो कमिटी नै नेकपा एमालेमा समाहति भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेकपा एसको कमिटी एमालेमा समाहित भएको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

सिन्धुपाल्चोक- नेकपा एकीकृत समाजवादीको सिंगो कमिटी नै नेकपा एमालेमा समाहति भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेकपा एसको कमिटी एमालेमा समाहित भएको हो।

National life

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको उपस्थितीमा भोटेकोशीमा नेकपा एसको कमिटी गठन भएको थियो। नेकपा एसको पार्टीले देश र जनताको लागि केही गर्न नसक्ने निष्कर्शका साथ सिंगो कमिटी नै एमालेमा समाहित गरेको नेकपा एस भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पाले बताए।

एमालेमा समाहित गर्ने कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक–१ का उमेदवार सरेश नेपाललगायतका नेताले पुरानो घरमा स्वागत गरेका थिए।

समाजवादी भोटेकोशी गाउँपालिका कमिटीका अध्यक्ष साङगे शेर्पा, गाउँपालिकाका सचिव निमा दोर्जे शेर्पा,जिल्ला कमिटी सदस्य बलबहादुर तामाङ लगायत भोटेकोशी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेता एमालेमा समाहित भएका छन्। 

त्यस्तै युवा,विद्यार्थी, सवै वडाका कमिटीहरु,जनवर्गीय संगठन समेत एमालेमा समाहित भएको नेकपा एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खडकाले जानकारी दिए।

Shivam cement

समाजवादी भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पा स्थानीय निर्वाचनमा अध्यक्षका उमेदवार समेत थिए। उनले ८८१ मत प्राप्त गरेका थिए। एमालेका उमेदवार अमृत खडकाले ५ सय ५७ मत ले पराजीत भएका थिए। 

उपाध्यक्षमा भने एमालेका सुन्तलीमाया श्रेष्ठ झिनोमतान्तरले पराजीत भएकी थिइन्। श्रेष्ठ ले १५९ मतले पराजीत भएकी थिइन्। समाजवादीबाट उपाध्यक्षमा उमेदवार भएकी निमा छोपसाङ तामाङनीले ७१८ मत ल्याएकी थिइन्।

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये भोटेकोशी गाउँपालिका र मेलम्ची नगरपालिकामा नेकपा एसका उमेदवारहरुका कारण एमाले उमेदवार पराजित भएका थिए।

स्थानीय निर्वाचनमा थोरै मतले पराजीत भए पनि एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खडकाको पहलमा भोटेकोशी गाउँपालिकाका समाजवादीको सिगो टिमलाई एमालेमा समाहित गराउन सफल भएका थिए। 'स्थानीय निर्वाचनमा भएका तितामिठा क्षणलाई भुल्दै एमालेलाई भोटेकोशीमा अझैँ बलियो बनाउनका लागि हामीले समाजवादीलाई एमालेमा समाहित गरेका हौं,' एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष खडकाले भने।

आफ्नो नेतृत्वमा रहेको कमिटीसहित पुरानो घरमा फर्कदा न्यानो अनुभूति भएको नेकपा एसका अध्यक्ष साङगे शेर्पाले बताए। अब विगत छोडेर मंसिरमा हुने निर्वाचनमा एमालेका उमेदवारहरुलाई जिताउन आफुहरु लाग्ने शेर्पाले उद्घोष गरे। 'हिजोका कमी कम्जोरीलाई सच्याउँदै मंसिर ४ का लागि हामी तयारी छौं,' शेर्पाले भने।

एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ का उमेदवार सरेश नेपालले आफ्नो घर छाडेर अन्यत्र गएकाहरुलाई घर फर्कन आग्रह गरे। 

प्रकाशित: Nov 06, 2022| 08:16 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...