आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गलत काममा मुछिएका सांसदलाई फिर्ता बोलाउने व्यवस्था हुनुपर्छ : प्रदीप पौडेल

गलत काममा मुछिएका सांसदलाई फिर्ता बोलाउने व्यवस्था हुनुपर्छ : प्रदीप पौडेल

निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने पौडेलको प्रतिबद्धता।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९
National life
Shivam cement

काठमाडौं– कांग्रेस नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौं निर्वाचन क्षेत्र–५ विशालनगरमा बुद्धिजीवी तथा पेसागत समूहले  आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए। उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। एक वर्षभित्र बाटाघाटा, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गरिने उनको भनाइ छ। 

काठमाडौं निर्वाचन क्षेत्र–५ का जनताको समस्या थाहा पाउन ‘सांसद एप’ निर्माण गर्ने पौडेलले सुनाए। ‘सांसद एपमार्फत समस्या छिटो थाहा हुने भएकाले तत्काल समाधान गर्न सकिन्छ’,  उनले भने। पौडेलले सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने भन्नेबारे नागरिक अगुवा समिति निर्माण गरिने जानकारी दिए।

प्रकाशित: Nov 05, 2022| 14:27 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...