काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ।
आयोगले आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम २ लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाइएको बताए।
आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्। आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमार्फत प्रत्येक वडामा मतदाताको सूची पठाएको थियो।
वडाले गरेको सिफारिसका आधारमा मतदाताको नाम हटाइएको आयोगले जनाएको छ।