आइतबार, साउन १७, २०८३

भारी अन्तरले चुनाव जित्छौं : मन्त्री चौधरी

दाङ क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

दाङ- दाङ क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।

देउखुरीमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले प्रगतिशील एजेण्डा बोकेका कारण चुनाव जित्ने दाबी गरे। जनताले ठूलो त्याग र बलिदानी गरि निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त भएको उनले बताए।

नयाँ संविधानमार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको उनको भनाइ छ। संविधानको रक्षा र यसको कार्यान्वयनमार्फत् विकास निर्माणको अगुवाइ गर्ने उनले प्रतिवद्धता जनाए।

'पाँच दल एक ढिक्का भएका छौं। प्रतिगामी गठबन्धनको अगुवाई एमालेले गरेको छ। यीनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्छ,’ उनले भने।

जनताले संविधान विरोधी तत्त्वलाई राम्रोसँग चिनिसकेको बताउँदै मन्त्री चौधरीले गठबन्धनलाई जनताले जिताउँने निश्चित रहेकाले पाँच वटै राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि  जवाफदेही हुनुपर्ने बताए।

प्रकाशित: Nov 05, 2022| 12:57 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...