आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बारा-४ मा एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

बारा-४ मा एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

बारा-४ मा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी उपाध्यक्षसहित २९३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

बारा- बारा-४ मा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी उपाध्यक्षसहित २९३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। 

National life

शनिबार एक कार्यक्रमका बीच उपमहानगरका नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरीसहित २९३ जना एमाले नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

उपमहानगरको वडा नम्बर ७, जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमका पार्टी प्रवेश गर्नेमा उपाध्यक्ष गिरीसहित एमालेमा प्रभावशाली नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत रहेका छन्। 

उनीहरूलाई ५ दलीय गठबन्धनको तर्फबाट बारा ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किसान  श्रेष्ठले  टिका र खादा लगाएर स्वागत गरेका हुन् । बारा ४ को विकासको लागि सबै एक भएर अघि बढ्न उम्मेदवार श्रेष्ठले आग्रह गरेका छन्। एमाले विकास विरोधी पार्टी भएको भन्दै उनले क्षेत्र नम्बर ४ को विकासमा आफू गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: Nov 06, 2022| 07:25 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...