काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन नहुने बताएका छन्।
प्रवासी नेपाली मञ्चको कार्यक्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनपछि जोडजामबाट बनेको सरकार हट्ने उनको भनाइ छ।
निर्वाचनपछि असंवैधानिक ढंगले सरकार हेरफेर हुने र जनताको अभिमतबाट नभइ स्वार्थको चलखेलबाट सरकार बन्ने सरकार चुन्न नहुने उनले बताए। हालको सरकारको कुनै निश्चित लक्ष्य, उद्देश्य र गन्तव्य नभएकाले देश बर्बादमा पर्ने ओलीको भनाइ छ।
सोहीकारण जनताले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनबाट गन्तव्य र लक्ष्य भएको सरकार चुन्नुपर्ने ओलीले बताए।
निर्वाचनबाट जनताले एमालेलाई चुनेपछि न्याय र उत्तरदायित्व समेतलाइ ध्यानमा राखेका र छिमेक सम्बन्धलाई कायम गर्नेगरी सरकार बनाउने उनले घोषणा गरे।