आइतबार, साउन १७, २०८३

निर्वाचन बिथोल्न २३ समूह सक्रिय : गृह प्रवक्ता पोखरेल

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिँदै।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

विराटनगर– गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्न देशभर २३  समूह सक्रिय रहेको बताएका छन्।

शनिबार विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रवक्ता पोखरेलले यस्तो बताएका हुन्।

‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ। तर  वहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय छन्। एउटा समूहमा ५–७ जना मात्रै छन्। कुनै समूहमा धेरै संख्या छ,’ उनले भने।

निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिन जिल्ला तहका सुरक्षा निकायलाई निर्देशन दिइसकिएको उनले बताए। निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए।

निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेकाले सोहीअनुसार सुरक्षा बन्दोबस्ती मिलाइएको उनको भनाइ छ।


प्रकाशित: Nov 05, 2022| 13:17 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...