आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जसपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र, समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको वकालत

जसपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र, समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको वकालत

पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। प्रतिबद्धतापत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन हुनुपर्ने बताएको छ।

National life

पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ।

प्रतिबद्धतापत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख छ। शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्ति छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख छ।

जसपाले प्रतिबद्धतापत्रमा कांग्रेसलाई सर्वसत्तावादी र सत्ता प्राप्तिको आरोप लगाएको छ। जसपाले नेपालको संविधान कांग्रेस, एमाले, माओवादी केन्द्रले बहुमतको बलमा बलजफ्ती जारी गरेको दाबी गर्दै पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना गर्ने आफैले घोषणा गरेका तथा पहिलो संविधानसभाले पारित गरेका पुनर्संरचनाका आधारलाई उल्टाएको आरोप लगाएको छ।

शासकीय स्वरूपमा परिवर्तन, संघीय संरचनाहरूको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायलाई बलियो बनाउन, जनलोकपालजस्ता निकाय गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्नेलगायत कार्य गर्न संविधान संशोधन अपरिहार्य रहेको जसपाको प्रतिबद्धतापत्रमा उल्लेख छ। 

Shivam cement

विकास योजनाहरू तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने र यसका लागि पाँच वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गर्ने प्रतिबद्धतापत्रमा भनिएको छ। परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक आत्मनिर्भर औद्योगिक अर्थतन्त्रमा लैजान कृषिमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिइने जसपाको चुनावी घोषणापत्रमा भनिएको छ।

जसपाले पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई १ अंकमै सीमित गर्ने प्रतिबद्धता जनाएको छ। 

पूर्व–पश्चिम लोकमार्गलाई स्तरोन्नति गरी चार लेन बनाउने र काठमाडौंको रिङरोगलाई पाँच वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेनको बनाइने जसपाले बताएको छ। चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गरिने जसपाले घोषणा गरेको छ।

प्रकाशित: Nov 05, 2022| 16:02 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...