आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले बाँड्यो प्रतिनिधिसभाका ९१ र प्रदेशसभाका १७९ उम्मेदवारलाई चुनावी खर्च

कांग्रेसले बाँड्यो प्रतिनिधिसभाका ९१ र प्रदेशसभाका १७९ उम्मेदवारलाई चुनावी खर्च

कांग्रेसले प्रतिनिधिसभा उम्मेदवारलाई ४ र प्रदेशसभा उम्मेदवारलाई २ लाखका दरले रकम बाँडेको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं– नेपाली कांग्रेसले आगामी ४ मंसिरको चुनावी खर्चस्वरुप प्रतिनिधिसभा उम्मेदवारलाई ४ लाख र प्रदेशसभा उम्मेदवारलाई २ लाख रुपैयाँ रकम उपलब्ध गराएको छ। टिकट वितरण गर्दा नै उम्मेदवारलाई रकम बाँडिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।

National life

४ मंसिरमा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधिसभातर्फ ९१ र प्रदेशसभातर्फ १७९ जनाले उम्मेदवारी दिएका छन्। प्रदेशसभातर्फ उम्मेदवारका लागि भने २ लाख रुपैयाँका दरले चुनावी खर्च दिइएको पौडेलले बताए।

‘टिकटसँगै उम्मेदवारलाई चुनवी खर्च दिएका हौं,’ उनले भने, ‘पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबीलगायतबाट उठेको पैसा उम्मेदवारलाई चुनावमा खर्चिन दिइएको हो।’ यस्तो प्रचलन विगत निर्वाचनमा पनि रहेको उनले जानकारी दिए।

‘गिरिजाप्रसाद कोइराला सभापति हुँदादेखि नै उम्मेदवारलाई पार्टीले बाटो खर्च दिन थालेको थियो। यसपालि पनि यसलाई निरन्तरता दिएका हौं,’ उनले भने।

प्रकाशित: Nov 06, 2022| 13:59 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...