काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार गृहजिल्लाका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभामालाई देउवाले सम्बोधन गर्ने छन्।
देउवा गत बुधबार धनगढी हुँदै बिहीबार डडेलधुरा पुगेका थिए। उनले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्क तथा शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा सम्बोधन गरेका थिए।
उनले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभा सम्बोधन गरेका थिए। देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।