मंगलबार, असोज १३, २०८३

शिक्षित युवाको हातमा देशको समृद्धि : उमेश श्रेष्ठ

देश बनाउने जिम्मेवारी र दायित्व युवाको भए पनि दैनिक २ हजार हाराहारी युवाहरू कामको खोजीमा विदेशिनुपर्ने बाध्यता दुःखद रहेको श्रेष्ठको तर्क।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

चितवन– चितवन क्षेत्र–२ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले शिक्षित युवाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सक्ने बताएका छन्। शनिबार चुनावी अभियानका क्रममा इच्छाकामना गाउंँपालिकास्थित चुम्लिङटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट बेरोजगारी अन्त्य गर्न सकिने बताएका हुन्।

आफू पनि शिक्षा क्षेत्रबाटै स्थापित र  सफल भएकाले युवाहरू शिक्षित र उद्यमशील  हुनुपर्नेमा उनले जोड दिए। ‘तपाईंहरू शिक्षित हुनुस्। उद्यमशील बन्नुस्। मिहिनेत गर्नुस्। देशको समृद्धि तपाईंहरूको हातमा छ। त्यसैले एकमिनेट पनि खेर नफाल्नुस्,’ श्रेष्ठले भने। उनले युवा नै देशको मेरुदण्ड भएको बताए। देश बनाउने जिम्मेवारी र दायित्व युवाको भए पनि दैनिक २ हजार हाराहारी युवाहरू विदेशिनुपर्ने दुःखद विषय भएको उनको धारणा छ।

‘देशको जनसंख्यामा अधिकांश उत्पादनशील, उद्यमशील युवा हुनुहुन्छ। तपार्इंहरू आफूले जीवन खेर फाल्नुहुंँदैन। स्वदेशमै केही गर्नुपर्छ,’ श्रेष्ठले भने। युवाहरूले स्वरोजगार र आत्मनिर्भर बन्ने काम गर्नुपने भन्दै त्यसका लागि लोकतान्त्रिक वाम गठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे। ‘युवाहरूले कार्यक्रम ल्याउनुस्, योजना ल्याउनुस्। हामी  तपाईंको साथमा छौं,’ श्रेष्ठले भने। देश र युवाहरूको  भविष्य उज्यालो पार्न पनि लोकतान्त्रिक वाम गठबन्धनको जित आवश्यक रहेको उनको दाबी थियो।

प्रकाशित: Nov 05, 2022| 16:53 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...