आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चुनाव प्रचारमा गएको भन्दै काठमाडौं-१६ का वडाध्यक्ष रिजाललाई जरिबाना

चुनाव प्रचारमा गएको भन्दै काठमाडौं-१६ का वडाध्यक्ष रिजाललाई जरिबाना

निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिबाना लगाएको छ।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिबाना लगाएको छ।

आयोगले ५ हजार जरिबाना लगाएको हो। रिजाल काठमाडौं क्षेत्र नम्बर ६ मा चुनाव प्रचारमा गएको पुष्टि भएको भन्दै आयोगले कारबाही गरेको हो।

वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको दाबी आयोगको छ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गरेको कार्य पुष्टि भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ।

प्रकाशित: Nov 06, 2022| 08:01 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...