महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ।
परिवारमै ६० भन्दा बढी क्यान्सरबाट पीडित ! सुन्दा अनौठो लाग्न सक्छ। वरिष्ठ क्यान्सर विशेषज्ञ राजेन्द्र बरालका परिवार र आफन्त गरी ६० जनाभन्दा क्यान्सरबाट पीडित छन्, कतिपयको उपचार जारी छ भने...
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुको परीक्षा आवेदन फारम रजिष्ट्रेशन नम्बर नराखी भर्न मिल्ने बनाएको छ।
कालापानी लिपुलेक र लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रकाशन गरी बिक्रीवितरण गर्ने पुस्तक प्रकाशक र बिक्रेतालाई हदैसम्मको कारबाही गर्न मन्त्री श्रेष्ठको निर्देशन छ। केही प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विवादित बन्दै गएको छ। सार्वजनिक शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि लागू गरिएको कार्यक्रममा बजेट वितरण असमान र सत्तासीन दलका कार्यकर्तामुखी भएपछि यसको औचित्यमाथि प्रश्न उठेको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।
उनले भ्याक्सिन बनाउनु ठूलो सफलता भएको भन्दै यो पूरै मानवताका लागि धेरै ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए। बढी जोखिम भएका नागरिकलाई भ्याक्सिन अभियानमा प्राथमिकता दिइएको उनको भनाइ छ।
आइसियू र भेन्टिलेटरमा उपचाररतमध्ये सबैभन्दा बढी संख्या बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ७७१ जना संक्रमित आइसियुमा उपचाररत छन् भने उनीहरुमध्ये २६६ जनाको भेन्टिलेटरको सहायतमा उपचार भइरहेको छ।
फाउन्डेसनले सरकारलाई हस्तान्तरण गरेको कन्सन्ट्रेटरको क्षमता १० लिटर छ। यस्तै फाउन्डेसनले नाजल अक्सिजन ट्युब १० हजार २ सय थान, डिस्पोजेबल सर्जिकल फेस मास्क ३५ लाख १६ हजार थान, बडी ब्याग...
देशकै ठूलो मानिएको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकको आन्दोलनका कारण यहाँ अध्ययन गर्ने १४ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन करिब एक महिनादेखि अवरुद्ध छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र सुरु निर्देशन दिएका छन्। शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्नका...