सोमबार, चैत ९, २०८२

अधिक बेसार सेवनले हुनसक्छ आइरनको कमी

बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। जुनसुकै दाल, तरकारीमा यसको प्रयोग गरिन्छ। जसले खानालाई स्वादिष्ट पनि बनाउँछ। यसलाई निकै फाइदाजनक मसालाको रुपमा लिइन्छ। दूधसँग बेसारको सेवन झनै राम्रो मानिन्छ। 
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

हामी सबैको भान्सामा हुने एक प्रकारको मसला हो, बेसार। हामी आफ्नै बारीमा उत्पादन गरेर बेसारको उपभोग गर्न सक्छौं। 

National life

परम्परागत रुपमा उपयोग हुँदै आएको बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक हुने विभिन्न अध्ययनले देखाइसकेका छन्।

दाल, तरकारी आदिमा प्रयोग गरिने बेसारले खानालाई स्वादिष्ट पनि बनाउँछ। यसलाई निकै फाइदाजनक मसालाको रुपमा लिइन्छ। दूधसँग बेसारको सेवन झनै राम्रो मानिन्छ। 

बेसारमा औषधिय गुण हुन्छ। बेसारको सेवनले स्वास सम्बन्धि समस्या, शरीर दुख्ने, थकान लाग्नेलगायत समस्या दूर हुन्छन्। कोरोना महामारीमा बेसारको प्रयोग झनै बढेको छ। मानिसले इम्युनिटी पावर बढाउनका लागि यसको सेवन गरिरहेका छन्। तर, यसको अधिक सेवनले स्वास्थ्यमा फाइदा मात्र नभएर क्षतिसमेत पुर्‍याउँछ।

बेसारको अधिक सेवनले शरीरमा आइरनको अवशोषित हुने प्रक्रियामा अवरोध गर्छ। त्यसैले यो शरीरमा आइरनको कमीको कारण बन्न सक्छ। आइरनका कारण नै शरीरमा राता रक्त कोशिका निर्माण हुन्छन्। यस्तो अवस्थामा शरीरमा राता रक्त कोशषका पर्याप्त मात्रामा निर्माण हुन सक्दैनन्। र, आइरनको कमीले थकाइ लाग्ने, स्वास फुल्नेलगायत समस्या देखिन्छन्।

Laxmi sunrise bank
kumari

लामो समयसम्म अधिक बेसारको सेवनले पेटमा पनि समस्या पैदा गर्छ। बेसारको अधिक सेवनले बान्ता हुने समस्या पनि हुन्छ। त्यसैले यसको सेवन सीमित मात्रामा गर्नुपर्छ।

पित्त सम्बन्धि समस्या भएका मानिसले बेसारको सेवन गर्नु हुँदैन। गर्भवती महिला र स्तनपान गराइरहेका महिलाले शिशुलाई कुनै प्रकारको समस्याबाट जोगाउनका लागि बेसारको सेवन सीमित मात्रामा गर्नुपर्छ। नत्र यसले शिशुको शरीरमा नोक्सान पुर्‍याउँछ।

बेसारको सेवन सीमित मात्रामा गरे यसबाट थुप्रै स्वास्थ्य लाभ लिन सकिन्छ। यसले डायबिटीजलाई पनि नियन्त्रित गर्छ। यसका अलावा यसले इम्युनिटीलाई पढाउँछ। बेसारले कोलेस्ट्रोल लेवल पनि नियन्त्रित गरिराख्छ। जसले गर्दा मुटुरोगबाट जोगिन सकिन्छ।

प्रकाशित: Jul 01, 2021| 03:40 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्