आइतबार, जेठ ३, २०८३

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा भदौमा गर्न गृहकार्य

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को २०७७ सालको वार्षिक परीक्षा आगामी भदौभित्र भौतिक उपस्थितिमा सञ्चालन गर्ने तयारी थालेको छ। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को २०७७ सालको वार्षिक परीक्षा आगामी भदौभित्र भौतिक उपस्थितिमा सञ्चालन गर्ने तयारी थालेको छ।  सरकारले परीक्षाका विषयमा निर्णय गरी नसकेको भए तापनि बोर्डले भने परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने तयारी थालेको हो। 

National life

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा कुन मोडालिटीमा गर्ने र कति पूर्णांकको गर्ने भन्ने विषयमा छलफल भइहेको भए पनि परीक्षा भने भौतिक उपस्थितिमै हुने बताए । उनले भने, ‘माध्यमिक तहको अन्तिम परीक्षा भएकाले ढिला भए पनि लिखित रुपमै लिनुपर्छ भन्ने विज्ञहरुको सुझाव छ। बोर्डले पनि त्यसैगरी तयारी अगाडि बढाएको छ। अब एक सय पूर्णांकको परीक्षा त बोर्डले सञ्चालन गर्न सक्छ तर एक सय पूर्णांकभन्दा कमको परीक्षा गर्नुपर्ने भएमा सरकारको निर्णय कुर्नुपर्ने हुन्छ।’

पछिल्लो समय कोरोना महामारीको संक्रमण न्यून बन्दै गएकाले पनि लिखित रुपमै परीक्षा सञ्चालन गर्ने तयारीमा बोर्ड पुगेको हो। स्वास्थ्य सुरक्षाको मापदण्डको पूण रूपमा पालना गरेर भए पनि परीक्षा लिखित रुपमै लिने तयारी भएको उनको भनाइ छ।

गत वर्ष बोर्डले कक्षा १२ को वार्षिक परीक्षा ४० पूर्णांकको लिखित परीक्षा, थप ४० पूर्णांकको कक्षा ११ को वार्षिक परीक्षा र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट वार्षिक परीक्षा सञ्चालन गरेको थियो।

बोर्डले गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोभिड १९ को तीव्र संक्रमण बढेपछि स्थगित गरिएकाे थियो।

प्रकाशित: Jun 29, 2021| 12:35 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्