आइतबार, साउन १७, २०८३

खोपका लागि पैसा मागियो? स्वास्थ्य मन्त्रालयमा उजुरी गर्नुस् : सरकार

'सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ,' सहप्रवक्ता अधिकारीले हस्ताक्षर गरेको मन्त्रालयको सूचनामा भनिएको छ, 'त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौँ।'
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- सरकारले कोरोना भाइरस विरुद्धको खोपका लागि कसैले शुल्क मागे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी दिन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले खोपका लागि कसैले शुल्क मागे मन्त्रालयमा उजुरी गर्न आह्वान गरेका हुन्। 

'सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ,' सहप्रवक्ता अधिकारीले हस्ताक्षर गरेको मन्त्रालयको सूचनामा भनिएको छ, 'त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौँ।'

मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोध समेत गरेको छ। शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही हुने मन्त्रालयको भनाइ छ। 

नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र सात लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरिरहेको छ। नेपालमा कोभिसिल्ड र भेरोसेल खोप लगाइएको छ।

यही असार २२ गतेबाट पुनः ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदैछ। 

प्रकाशित: Jun 28, 2021| 14:15 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्