सोमबार, चैत ९, २०८२

शुक्रराज अस्पतालमा एचआइभी संक्रमितको नि:शुल्क स्वास्थ्य विमा 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य विमा सुरु भएको छ। 
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य विमा सुरु भएको छ। 

National life

बिहीबारदेखि नियमीत एआरटी औषधि सेवन गरिरहेका संक्रमितको नि:शुल्क बिमा सुरु भएको अस्पताल प्रसासनले जनाएको छ। प्रसासन प्रमुख नवराज गौतमले भने, ‘यसअघि नै सरकारले एचआइभी संक्रमितको नि:शुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेको थियो त्यसैअनुरुप हामीले नियमीत औषधि सेवन गरीरहेका संक्रमितका लागि सहजीकरण गरिदिएका हौं।’

योसँगै  अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका २ हजार ११ जना लाभान्वित हुने गौतमले जानकारी दिए। 

एचआइभी संक्रमितहरूले रगत परीक्षण, एचआइभी भाइरल लोड, विभिन्न सरुवालगायतको परीक्षण गर्नुपर्ने हुन्छ। ती परीक्षणहरू अबदेखि उनीहरूका लागि शुक्रराज अस्पतालमा नि:शुल्क हुनेछन्।  

स्वास्थ्य विमामा आवद्ध भएका एचआइभी संक्रमितहरूले वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउनेछन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 01, 2021| 08:03 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्